आन्द्रेई तापालागा । ब्लँस मोनिए फ्रान्सकी एउटी राम्री केटी थिइन् जसले अत्यन्तै दुखद जीवन बिताइन् । उनी मार्च १, १८४९ मा फ्रान्सको प्वातिएमा जन्मिईन् । त्यतिखेर उनको परिवार अद्भुत रूपमा परिचित थियो । उनको सुन्दरता, शारीरिक बनावट र राम्रो प्रकृतिले धेरैको ध्यान आकर्षित गर्थ्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा विवाहको लागि धेरै सम्भावित ब्यक्तिहरुले उनलाई प्रस्ताव गरे । उनका आमाबुबा कुलीन थिए । उनीहरुको छोरीको बिहेको कुरो आउँदा बिवाह गराइदिन बाबु आमा अनिच्छुक थिए ।

 

उनी किशोरावस्थाको शिखरमा पुगिन् । त्यसपछि उनले धेरै पत्रहरू प्राप्त गरिरहिन् । बिवाह गरौं भन्ने पत्रका खात लागे । अति सुन्दर भएकीले उच्च समाजबाट धेरै सम्राटहरूलाई आकर्षित गरिरहेकी थिइन् उनले । यो यस्तो स्थितिमा पुग्यो जहाँ यसले लुइस मोनियर (उनकी आमा) लाई धेरै रिसाउने बनायो । किनभने उनी आफ्नी छोरी बिहेको लागि अति बहुमूल्य भएको धारणामा थिईन् । त्यस दिनदेखि ब्लँस पेरिसबाट हराईन् । अथवा कहाँ गईन ? कि लुकाईयो ? उनी देखा परिनन् ।

(ब्लँस मोनिए सन् १९०१ मा थुनिएको अवस्थामा फेला पर्दा)

लुइस मोनियले छोरी अति सुन्दर भएकाले थुनेका थिए । झ्यालमा चढेर घाम छिर्ने सबै बाटा थुनिए ताकि सूर्यको किरण कोठामा नपरोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा त कसैले पनि उनलाई देख्न नसकोस् । यसले ब्लँसको आमाबुबा, भाइ र घरका वरिपरिका नोकरहरू बाहेक सम्पूर्ण दुनियाँबाट अलग पारियो । उनलाई कोठाको ओछ्यानबाट तल झर्न अनुमति थिएन न त कुनै प्रकारको आधारभूत सरसफाईको लागि उनलाई अनुमति दिइयो । उनको आधा जीवनको लागि ब्लँस ओछ्यानमा पल्टिन् । उनले त्यहिँ खानुपर्थ्यो । दिसा र पिसाब ओछ्यानमै गर्नुपर्थ्यो ।

 

ब्लँसका बारेमा उनका साथीभाईले चासो राखे ‘खै ब्लँस ? कहिले भेट्न पाइन्छ ?’ उनका आमाबुबाले उनको साथीहरू र आफन्तहरूलाई भने कि उनलाई बेलायतको कुनै बोर्डिङ स्कूलमा भर्ना गरिएको छ । उनको पढाईले गर्दा घर फर्कन सक्षम हुन्नन् ।’ उनले आफ्नो अध्ययन लगभग समाप्त गर्ने बेला फेरि अर्को झुट रचियो । ब्लँसले स्कटल्याण्डमा आफ्नै जीवन बनाउँदै छिन् । अब भने उनलाई फ्रान्सका कुनै आफन्तहरूबाट पूर्णरुपमा अलग गर्यो ।

 

डरलाग्दो खोज

२५ बर्ष पछि, मार्च २३, १९०१ मा पेरिसका महाधिवक्ताले एउटा अज्ञात पत्र प्राप्त गरे जसमा यसो भनिएको थियो ‘पेरिसका एक परिचित परिवारले बन्द ढोका पछाडि आफ्नी छोरीलाई लुकाइरहेको छ ।’ आजसम्म पनि उक्त चिठीका लेखक अज्ञात छन् तथापि इतिहासकारहरू त्यो चिठी लेख्ने त्यहि घरका नोकरहरू मध्ये एक हो भन्ने विश्वास गर्छन् ।

(उनी थुनिएको रिपोर्ट त्यति बेलाको फ्रान्सेली पत्रिकामा)

यो पत्र पाएपछि महाधिवक्ताले मोनिय परिवारलाई पत्र पठायो । पत्रमा लेखिएको थियो ‘मलाई असाधारण गम्भीर घटनाको बारेमा पत्र प्रप्त भएको छ । तपाईंलाई सम्मानपूर्व जानकारि दिन चाहन्छु । म एक बन्दि महिलाको बारेमा उल्लेख गर्दै छु जो श्रीमती मोनिनियको घरमा बन्द छिन् । आधा भोकाएको अवस्थामा बस्छिन् । विगत पच्चीस बर्षदेखि फोहोरमै बस्दै आएकि छन् । एक शब्दमा भन्छु ‘आफ्नै फोहरमा ।’

 

मोनिय परिवारलाई पेरिसको समुदायमा उच्च सम्मानका रूपमा हेरिएको थियो । उनीहरु महान्यायाधिवक्ताको चिठी पाएपछि आस्चर्यमा परे । तनाब देखियो । रिसले आगो भए । महान्यायधिवक्ताले दाबी गरेझैं स्विकार्न अनिच्छुक देखिए। तर महान्यायधिवक्ताको निर्देशन बमोजिम अधिकारीहरु मोनिनियको स्थितिकाबारेमा छानबिन गर्न गए । तिनको घरमा पुग्दा पहिलो नजरमा घर सफा सुग्घर देखिन्थ्यो । जबसम्म अन्वेषकहरूले कोठाको कुनै एक ठाउँबाट सडिरहेको गन्धको मेसो पाएनन् तबसम्म घरको सुन्दरता र सफाई देखेर प्रभावित भए ।

(सन् १९०१ मा ब्लँस मोनिए फेला परेको अवस्था)

कोठामा पुग्दा सडेको गन्ध आउँदै थियो । अन्वेषकहरूले पत्ता लगाए कि कोठा वर्षौंदेखि ताला लगाइएको रहेछ । चाबी हेर्दै खिया लागेको थियो । अधिकारीहरूले चाबी फुटाए । र त्रासले भरिएको कोठाभित्र पसे । अधिकारीहरूले उनीहरूको खोजका आधारमा एउटा गम्भीर रिपोर्ट लेखेका थिए । त्यसको सारांश यस्तो थियो-

 

बन्दि महिला अत्यन्त कुपोषित देखिन्थिन् । च्यात्तिएको, बिग्रिएको गद्दामा पूर्ण नग्न अवस्थामा थिईन् । उनको सबै छेउमा मलमूत्र र खानाको टुक्राबाट बनेको थुप्रो थियो। हामीले सुश्री ब्लँस मोनिनियको ओछ्यानमा उडुसहरु पनि दौडिरहेको देख्यौं । कोठा भित्रको हावा असाध्यै असहनीय थियो । गन्हाएको थियो । यस्तो दयनिय अवस्थामा थियो कोठा कि हामीले हाम्रो अनुसन्धान यो भन्दा अगाडि बढाउन सकेनौं ।

 (ब्लँस मोनिए कोठामा २५ वर्ष थुनिनु अघि)

 

कोठा यति अन्धकार थियो कि अन्वेषकहरूले घामको किरण रोक्न झ्याल बाहिर लगाइएका पाटाहरु तोडिदिए। त्यो तोडेपछि सूर्यको किरण भित्र छिर्यो । २५ बर्ष पछि सूर्यको किरण देखेको पहिलो पटक थियो बन्दि ब्लँसले । उनले अन्वेषकहरूलाई भनिन् कि उनी २५ वर्ष लामो समयसम्म साङ्लाले बाँधिएकि थिईन् । न्युनतम तरिकाले बाँच्नको लागि याचना गरेकि थिईन् । उनको स्वास्थ्य अवस्था यति खराब थियो कि तौल २५ किलोग्राम थियो। आफ्नै खुट्टामा उभिन सक्ने शक्ति उनमा थिएन ।

 

उनलाई अस्पतालमा सारियो । उनले त्यो गन्हाईरहेको गन्ध छोडेर ताजा हावा र गन्धरहित अवस्थाको बारेमा यति आश्चर्यजनकरुपमा ब्याख्या गरिन् कि अस्पतालका डाक्टरहरुपनि चकित परे । अस्पताल आउनै रमाईलो भएको उनले उल्लेख गरिन् । डाक्टरहरूपनि अचम्ममा परे र तिनलाई अविश्वसनीय लागेको बताए । उनी धेरै वर्षसम्म कुनै आन्दोलन, बिद्रोहबिना त्यस्तो क्रूर अवस्थामा बाँच्न कसरि सफल भइन भनेर उनीहरु अचमित भएको उल्लेख गरेका छन् ।

 

न्याय प्रदान गरियो

एउटा ठूलो घटना भयो जहाँ मोनिनिय परिवारका सबैलाई केरकार गरियो । लुइस मोनियर पक्राउ परेकी थिइन । तर कैद मुक्त भएको १५ दिन पछि उनको मृत्यु भएको थियो । अधिकारीहरूले उनको मुटुको अवस्था खराब भएकाले हो भन्ने ठानेका थिए । तर धेरैले उनले लागुपदार्थ सेवन गरेको शंका गरे । ब्लँसका भाई मार्सेल मोनिनियले भने आफ्नी आमालाई यो अपराधको जिम्मेवार भएको दोष लगाएर आफूलाई बचाउन खोज्यो । सजायँबाट बच्न प्रदान गरिएको प्रमाणको बाबजुद पनि मार्सेललाई ब्लँसको दुर्व्यवहारको आरोप लगाएर जेलमा १५ बर्षको सजाय सुनाइएको थियो ।

 

अब ब्लँस स्वतन्त्र भएपनि जीवन उनको लागि सजिलो थिएन । २५ वर्ष कैदको कारण उनमा मुख्यत मानसिक समस्याहरू थिए । त्यसभन्दा बढि उनमा अन्य गम्भिर स्वास्थ्य समस्याहरू विकसित थिए । यी सबै समस्याहरूका कारण उनलाई मनोचिकित्सक अस्पतालमा भर्ना गरियो जहाँ उपचारकै क्रममा सन् १९१३ मा उनको मृत्यु भयो।

आन्द्रेई तापालागा फ्रान्सको ईतिहासका बारेमा नयाँ नयाँ खोजमूलक तथ्यहरु लेख्ने प्रसिद्द पत्रकार हुन् । उनको यो लेख मेडिया डटकमबाट ददि सापकोटाले नेपाली भाषामा भावानुवाद गरेका हुन्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु