पर्वत । सीमामा अलपत्र परेका नागरिकप्रति पर्वतको महाशिला गाउँपालिका अनुद्धार बनेको पाइएको छ । सीमानाकामा आएर गुहार मागेका नागरिकलाई पालिकाले बेवास्ता गरेको भन्दै चौतर्फी बिरोध हुन थालेको छ । तलको कुरा पढौँ ।

आज बिहान ८ बजे तिर मोबाइलमा एउटा म्यासेज आयो जुन म्यासेज भारतबाट गाउँ आउँदै गरेका महाशिलाका युवाहरूको रहेछ । महाशिला गाउँपालिका युवाहरू (अधिकांशलाइ म चिन्छु दाइ भाइ वा साइनो अनुसार म संग बोल्छन) भारतबाट आउंदै गर्दा सुनौली नाकामा आएर मलाई म्यासेज गरेका रहेछ्न । केहि नयाँ नम्बरबाट फोनमा मिस्कल पनि आएको थियो फोन गर्दा उनिहरुसंगै कुरा भयो, उनिहरु संग ब्यालेन्स नभएर मिसक्ल गरेको बताए, दाइहरु सुनौली नाकामा नेपाल तर्फ छिर्न नदिएको बताए । मैले उनिहरुलाइ ब्यक्तिगत सतर्कता र त्यहाँबाट नेपाल प्रवेश गर्ने केहि आइडियाहरु बारे कुरा गरेपछि निरन्तर सम्पर्कमा रहने भन्दै कति जना कुन ठाउँका छन बुझेर फोन राखेँ ।

दाइहरुले दिएको जानकारी अनुसार झन्डै बिहानको ९ बजे तिर फेसबुकमा सम्बन्धित स्थानीय सरकारका जनप्रतिनिधि र पत्रकारलाइ ट्याग गर्दै यस्तो स्टाटस लेखे ूभारतबाट आएका महाशिला गाउँपालिका घर भएका ९ जना र कुश्मा नगरपालिका घर भएका २ जना सुनौलीमा रोकिएर बसेको जानकारी आयो । सम्बन्धित निकाएले शिघ्र उनीहरुको उद्धार गरोस् ।

त्यसपछि महाशिला गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेललाई जानकारी गराउन फोन गरे केहि दिन देखी नेट्वोर्कले काम नगरेकाले होला फोन सम्पर्क नभएपछि मैले अध्यक्षज्युलाई फेसबुक म्यासेन्जरबाट जानकारी गराएँ । अध्यक्षज्यु अन्लाईन नै भएकाले असाध्यै तदारुकताका साथ लागेका छौँ, उनिहरुलाई उद्घार नगर्ने कुरै भएन ढुक्क हुनोस ठाकुर जी भन्नु भो र केहि ब्यक्तिको नम्बर दिनु भो अध्यक्षज्युले नै त्यति भनेपछि म ढुक्क नहुने कुरै भएन ।

उता सिमामा रहेका दाइहरुले मलाई नै केहि गर्छ भनेर आस गरिरहेका थिए । निरन्तर उनिहरुसंग कुरा भैरहथ्यो आफ्नो ठाउँबाट मैले यता पनि निरन्तर सबैलाई आह्वान गरिरहेको थिएँ । मेरो गाउँ पर्वत नै भएपनि स्याङ्जा, पोखरा, बुटवल तिर पायक पर्ने भएकाले बस्नेहरू उतैतिर बढी छन । म जिल्लाको सदरमुकाम बस्ने भएकाले गाउँका बढी नै काम गर्नुपर्छ । गाउँका समस्यामा लाग्छु, र गाउँलेहरु चिनेजानेकाले बढी नै आसा गर्छन् । भारतबाट सुनौली आएका दाइहरुले फोन गर्नुको कारण पनि सायद मैले केहि गर्छु भन्ने लागेर नै होला ।

म दाइहरु संग निरन्तर सम्पर्कमा रहिरहेँ एक्छिनमा फोन गरेर सोध्दा आफु सिमामै रहेको बताए, हामी संग पैसा छैन , यताउति बस्न दिन्न, पालिकाले गाडी पठाउँछ रे भनेर आएको हो अलपत्र परियो बरु भोकै भएनी उतै बस्नपर्ने रहेछ भनिरहेका थिए । ठिक छ म सबैलाई भनेको छु नआतिनोस भनिरहेँ र फोन राखेँ ।

फेरी मैले गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेललाई फोन गरे र दाइहरुले भनेका कुरा सुनाउँदै अध्यक्षज्यु उनिहरु साह्रै आतिएका छ्न तपाईंले एकपटक फोन गरि सम्झाउनोस, भन्नुहोस् न भन्दै मोबाइल चलाउने दाइको नम्बर दिएँ । अध्यक्षज्युले ठिक छ म भन्छु भन्नुभो हस् भन्दै फोन राखेँ । यति भएपछि म ढुक्क भएँ, र दाइहरुलाइ अध्यक्षज्युले तपाईंलाइ फोन गर्नुहुन्छ है नआतिनोस लल भनेँ ।

यतिभएपछि होला नि भन्ने लागिरहेको थियो मनलाई ढुक्क चाहिँ बनाउन सकिरहेको थिएन दाइहरु जुनकिसिमको दुस्खद म संग पोखिरहेका थिए । गाउँपालिका अध्यक्ष र दाइहरुका बिच कुरा भयो या भएन खै । मध्यान्हको १२ बज्न लाग्दै गर्दा मोबाइलमा फेरि नयाँ नम्बरबाट मिस्कल आयो, दाइहरुले बिहानै हामी संग पैसा छैन कसैको नयाँ नम्बरबाट मिस्कल गर्न सक्छौं फोन गर्नु है भनेकाले उनिहरुकै होला भनेर तत्काल फोन गरेँ, दाइले बल्लबल्ल गरेर सिमा पार त गरेऔं खै के गर्ने हो अलपत्र परियो, भोकै छौँ हैन केहि भएन कि केहो भन्दै फोन गरेपछि निकै मन दुख्यो जहाँ अंगाडी नै त्यतिका कुरा भएको थियो । के भएछ बुझ्छु भनेँ ।

यस्तो महामारीमा बिहानै देखी त्यत्रो कुरा भएपछि भएहोला नि भनेर बसेको म निकै दुखेँ र पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीलाइ फोन गरेँ, र दाइहरुको अबस्था बारे बताएँ सिडियोसापले सल्लाह गरेर उद्धारमा आफु तत्काल लाग्ने बचन दिनुभयो । सिडियोले नै यति भनेपछि अब चाही केहिहद सम्म ढुक्क थिएँ र दाइहरुलाई सोही कुरा बताएँ ।

उनिहरुलाइ सिडिओसापसंगै कुराभएको बताउँदा होला नि भन्ने आसामा थिए म पनि होला नै भन्नेमा थिएँ । देश कोरोनाले प्रताडित छ नै । रुकुम नरसं हार बाट ६ जना युवाले ज्यान गुमाएकोमा न्यायका निम्ति आवाज बोलिरहन तिर पनि केन्द्रित छु संगै ब्यक्तिगत केहि कामहरुमै ब्यस्त रहेँ ।
उता दाइहरुलाइ सम्झिरहेँ के भयो प्रोसेस भनेर गाउँपालिकाका प्रबक्ता जिवन उच्चै ठकुरीलाइ अन्लाईन देखेपछि गाउँपालिका अध्यक्ष ज्युलाइ उद्घारका लागी बिहानै भनेको र उद्धार के भयो भनेर म्यासेज गरेँ उहाँले जवाफ दिनुभएन।

मैले त्यतिका मान्छेसंग कुरा भएपछि भए होला तनि भनेर सोचेँ फेरी झन्डै ४ बजेतिर फोन आयो दाइहरुको भाइ हामी त उतै बस्न पर्ने रहेछ आएर बेकार गरेउँ के दशा लाएर आइएछ भनेपछि, मेरो मथिँगल हल्लियो यो ठाउँमा कसैले केहि गरेका रहेनछन मात्रै गफ गरेका रहेछन भन्ने सोचेँ । र सोचेँ म ब्याक्तीले चाहेर यो अवस्थामा हुने केहि छैन लकडाउन जो छ, अपनाउनु पर्ने लगभग सबै अपनाएँ ।

त्यसपछि जिल्लाको स्वस्थ्य क्षेत्र संग सम्बन्धित बर्तमान जिल्ला अस्पतालका अध्यक्ष गोबिन्द पहाडीसंग केहि विकल्प छ कि भनेर कुरा गरेँ सर महाशिलाका ९ जना सुनौलीमा रोकिएर बसेका छन गाउँपालिका अध्यक्ष र सिडियो समेतलाइ बिहान देखी जानकारी गराएँ केहि गरेनन् केहि उपाय छ कि ? गोबिन्द सरले आफु यो बिषयमा सम्बन्धित पलिका का अध्यक्ष र प्रबक्तालाइ अरु विकासका सवै काम रोकेर कोरोना केन्द्रित काम गर्ने भनेको हो क्यारे, वोर्डर आएर अलमलिएकाहरुको भावना समयमा बुझ्न नसक्दा मेरो पनि मन दुख्यो भन्नु भयो ।

त्यसै बखत दाइहरुको फोन आयो, भाइ कसैले केहि गरेनन् हामी साथिभाइ मिलेर पोखरा सम्म लग्दिन एउटा गाडीलाइ भनेउँ हामी पोखरा आउँदै छौँ । त्यहाँ आएपछि जे होला होला भनेर गाडी चड्न लागेको जानकारी गराए । त्यसपछि दाइहरु संग सम्पर्क हुनै सकेन, उनिहरुले सुनौलीबाट कसैको नम्बरबाट फोन गरेका थिए कि आफ्नै थियो ? यदि आफ्नै मोबाइल थियो भनेपनी बाटोमा सम्पर्क भएन होला । कि त कसैले केहि गर्नेवला छैनन् भएर मोबाइल अफ गरेको हुनुपर्छ ।

अलपत्र परेकालाइ उद्घार गाडी लागायतको व्यवस्था गर्न भन्दै गाउँपालिकाका अधिकृत लक्ष्मण शर्मा कुश्मा बस्नुभएको बुझेपछि उहाँलाई फोन गरें, फोन गर्दा केहि ब्यक्तिले भन्दैमा सबै ठाउं पुग्न नसक्ने कुरा गर्नुभयो । त्यही पनि पालिका बाट कसैले खबर नगरेको बताउनुभयो मैले केहि ब्यक्ति भनेको को को हुन, गाउँपाकिकाले कस्ता कस्ता ब्यक्तिको संरक्षण वा उद्धार गर्छ भन्दै यस्तैखाले एक्छिन कुरा गरें । र पछि सम्पर्कमा रहौंला है भन्दै फोन राखेँ । म चाहिँ दिनभरको कुराले कसैले टाउकोमा चि र्पट ब जारे जस्तो भएको छु । दुस्खी निकै दुस्खी, कोहि केहि नभए जस्तो ।

माथिको कथनले यि ३ प्रश्न उब्जाएको छ मनमा

  • के नेपालमा कोरोना यस्तै जनप्रतिनिधि र प्रशासकले नियन्त्रण हुन्छ त ?
  • म केहि बुझेकोले बोल्दा त कसैले सुन्दैन, नबुझ्ने त धेरैछन तिनिहरुलाई कस्ले सुन्ने कस्ले बुझ्ने ?
  • जति नै गरेको छु भनेर बख्यान गरेपनि परेको बेला काम नगर्ने जनप्रतिनिधि प्रशासकले बिकास गरे होलान् भनेर पत्याउन सकिन्छ ? यस्ताबाट समाजले के आशा गर्नु ? -ठाकुर रसाईली पर्वत ।

सम्बन्धित खबरहरु