काठमाडौँ । नेपालमा फेरी अर्का एक जनाको क्वारेन्टिनमा मृत्यु भएको छ । जुम्लामा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको हो । जुम्ला जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको चन्दननाथ नगरपालिका ८ तलिउमस्थित माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।

 

डीएसपी लालबहादुर धामीका अनुसार ती वृद्ध यही जेठ २१ गते बर्दियाबाट आएका थिए। कोरोना छ कि छैन भनेर जाँच्न मृतकको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। स्थानीयका अनुसार ती व्यक्ति दमका रोगी थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु