एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले सन् २०१४ को अन्त्यमा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेर सबैलाई आश्चर्य चकित पारेका छन् ।
भारतीय टिमका डाइरेक्टर रवि शास्त्री स्वयम्ले धोनीको यस्तो निर्णयबाट आश्चर्यमा परेको बताएका छन् । यद्धपि यसअघि रवि शास्त्री र विराट कोहलीबीचको नजिकिदो सम्बन्धका कारण धोनीले सन्यासको घोषणा गरेको सार्वजनिक भएको थियो ।
सन्यासको घोषणा गरेपछि उनले अस्ट्रेलियाको सिड्नीमा हुने खेल खेन्छन् कि खेल्दैनन् भन्ने विषयमा अनेक अड्कलबाजी सुरु भएका छन् । टिम डाइरेक्टर शास्त्रीले कुनै खेलाडीको सन्यास लिने कुरा निजी भएपछि यस निर्णयले आफू स्तब्ध भएको जनाएका छन् ।
क्रिकइन्फोलाई अन्तरवार्ता दिँदै उनले उनको निर्णय अप्रत्यासित तर हिम्मतवाला निर्णय भएको बताएका छन् । क्रिकइन्फोलाई अन्तरवार्ता दिँदै उनले उनको निर्णय अप्रत्यासित तर हिम्मतवाला निर्णय भएको बताएका छन् ।
‘धोनीले १०० टेस्ट म्याच र कुनै रेकर्ड पर्र्खिएनन् । कुनै धुमधामको विदाई पनि चाहेनन् । यो उनको चरित्र अरुको भन्दा अलग हो ।’ उनले भनेका छन् ।
उनले कोहली र आफूबीचको सम्बन्धका कारण धोनीले सन्यास लिएको विषयको भने खण्डन गर्दै आफूले धोनीलाई जहिले पनि सम्मान गरेको बताएका छन् ।