काठमाडौं । अहिले सामाजिक सञ्जालको प्रयोगबाट कसैमाथि मानसिक दबाव र साइबर अप रा–धको घटनाहरु घटाउनु सामान्य भएका छन् । धेरै व्यक्तिले कसैलाई अपमान र बदनाम गर्न सामाजिक सञ्जालको सहयोग लिन थालेका छन् । त्यस्तै एउटा घटना भारत आजमगढबाट बाहिर आएको छ ।

जानकारी अनुसार एक पतिले आफ्नी पत्नीलाई दाइजोका लागि दबाव दिएका थिए । जब उनले महसुस गरे कि दबाबले काम गर्दैन तब उनले जे गरे त्यो थप डरलाग्दो छ । माइतीले दाइजो नदिएको झोकमा उनले श्रीमतीलाई प्रयोग गरेर पैसा कमाउने तरिका अपनाएको खुलासा भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार ति आरोपितले पूरा दाइजो नपाएपछि आफ्नी श्रीमतीको मोबाइल नम्बर र उसको एक फोटो अश्‍लील सामग्री बनाएर भाइरल गराएका थिए । यति मात्र होइन, उनले पत्नीको मोबाइल नम्बर फेसबुक पोस्टमा पनि राखिदिए र मानिसहरूलाई गलत उद्देश्यको लागि सम्पर्क गर्न भन्दै अनुमति दिए ।

अर्को अर्थमा भन्दा उनले आफ्नी श्रीमतीलाई वे–श्यावृतीमा लगाउँन खोजेका थिए । श्रीमतीको फोटो र नम्बर भाइरल गराएपछि अनेक खालका फोनहरु आउँन थालेपछि श्रीमती हैरान भइन् । पछि यो घटना त्यो गाउँभर फैलियो । आजित भएपछि श्रीमतीले उनका पति विरूद्ध उजुरी दर्ता गराइन् ।

पुलिसले यो सम्पूर्ण केस अनुसन्धान गर्‍यो र फेसबुक आईडीमा दिइएको नम्बर र अश्लील सामग्रीको अनुसन्धान गर्‍यो । प्रहरीले आरोपी पति विरुद्ध मुद्दा दर्ता गर्यो । अहिले आरोपी पतिलाई पक्राउ गरिएको छ र आईटी ऐनको विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेर जेल पठाइएको छ ।

आजमगढका एसपी प्रोफेसर त्रिवेणी सिंहले भने, ‘आरोपित पुनीत कुमार आफ्नी श्रीमतीको फेसबुकमा गएका थिए । उनको सम्पर्क नम्बर र अश्लील फोटो राखेर आफ्नी पत्नीसँग सम्पर्क गर्न आग्रह गरेका रहेछन् । यस कारण, महिला यति विचलित भइन् कि उनले पुलिसलाई गुनासो गरेर मुद्दा दर्ता गराइन् ।’ घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ ।

सम्बन्धित खबरहरु