काठमाडौ । नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) का २७८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८ कोरोना संक्रमित थपिएका हुन् । उनले कोरोना भाइरसको संक्रमण देखिनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका बताए । योसँगै देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ ।

 

आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६६ हजार ८६५ जना छन् । नोभेल कोरोना भाइरसको संक्रमणबाट सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुष मृत्यु भएकोपनि पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुने ३ सय ३३ जना रहेका छन् । जसमा महिला ६१ जना अन्य पुरुष रहेका छन् । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

 

कर्णाली प्रदेशमा मात्र नोभेल कोरोना भाइरसका १०० संक्रमित थपिएका छन् । कर्णाली प्रदेशले शुक्रबार दिउँसो सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०० संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा ९७ जना र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएको हो । दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछान, गोरखा, दैलेख र सुर्खेत र जाजरकोटका एक सयजनामा कोरोना देखिएको हो । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण देखिनेमा ४८९ रहेका छन् ।

 

मन्त्रालयको पुष्टि अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । जसमा सुनसरी, झापा र मोरङ्गका रहेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनाको पोजेटिभ आएको छ । जसमध्ये अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देहीका रहेका छन् । किटजन्य रोग अनुशन्धान तथा तालिम केन्द्र हेटौडामा रहेको प्रयोगशालमा गरिएको परीक्षणमा सिन्धुलीका ३ जना संक्रमित छन् ।

 

बाराका २ जना छन् । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा २ जना तनहुँका संक्रमित छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका छन् । जसमा भोजपुरका ५ जना, झापाका १ जना, सुनसरीका १३ जना संक्रमित छन् । प्रादेशिक जनस्वास्थ्य अस्पताल धनगढीमा गरिएको परीक्षणमा ११ जनाको पोजेटिभ आएको छ । जसमा कैलालीका ४ जना, अछामका १ जना, बझाङ्गका १, डडेल्धुराका ५ जना संक्रमित छन् ।

 

यसैगरी धुलिखेल अस्पतालमा रहेको प्रयोगशालामा २२ जना संक्रमित भेटिएका छन् । जसमा रामेछापका १७ जना, काभ्रेका ५ जना रहेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कोशीमा गरिएको परीक्षणमा १० जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । सबै झापाका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनाको पोजेटिभ छ । जसमा दैलेखकै मात्र ९० जना र जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना, रामेछापका १ जना र गोरखाका १ जना संक्रमित देखिएका छन् ।

 

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा २ जना संक्रमित देखिएका छन् । जसमा १ जना सुर्खेत र १ जना दाङका हुन् । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा बाराका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलबस्तुका ४४ जना, कास्किका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना संक्रमित रहेका छन् । सबै संक्रमित क्यारेन्टिनमा नै बसिरहेको मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/ECkXZPP2Hn0

सम्बन्धित खबरहरु