काठमाडौ । बुटवलको कोरोना विशेष अस्पतालबाट पोजेटिभ बिरामीलाई नै डिस्चार्ज गरिएको छ। १४ दिन आइसोलेसनमा बस्दा समेत कुनै लक्षण नदेखिएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो। बुटवलस्थित धागो कारखानाको कोरोना विशेष अस्पतालमा रहेका २७ जनालाई शुक्रबार डिस्चार्ज गरिएको हो। जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप नेगेटिभ रिपोर्ट नआए पनि उनीहरुलाई डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए।

 

रुपन्देहीका १८ र कपिलवस्तुका ९ जनाले आइसोलेनमा १४ दिन बिताएका छन्। उनीहरुमा कुनै पनि लक्षण देखिएको छैन। घरमै सुरक्षित रुपमा बस्ने गरी उनीहरुलाई पठाइएको डा. गौतमले बताए। स्थानीय तहका स्वास्थ्य केन्द्रले उनीहरुको निगरानी गर्नेछन्। कुनै लक्षण देखिएमा मात्रै अस्पतालमा भर्ना गरिने नीति अवलम्बन गरिएको छ।

 

यस्तो अभ्यास कोरोना ग्रास्त यूरोप र अमेरिकामा समेत गरिएको छ। त्यही अनुभवका आधारमा नेपालमा नयाँ मापदण्ड बनाइएको हो। संक्रमितको संख्या अत्याधिक भएको अवस्थामा परीक्षण गर्न असम्भव जस्तै भएको छ। क्वारेन्टाइनमा रहेकाले समते दशौ दिनसम्म पालो पाएका छैनन्। अस्पतालका प्रवक्ता डा. गौतमले संक्रमितको संख्या बढेको अवस्थामा यो मापदण्डको विकल्प नहुने बताउछन्। ‘अन्य देशले यही अभ्यास गरेका छन्, हाम्रो जस्तो स्रोत कमजोर भएको देशमा यसको विकल्प छैन’, उनले भने।

 

बुटवलको कोरोना विशेष अस्पतालमा अब ६ जना मात्रै संक्रमित छन्। तीमध्ये तीन जनालाई आइसियुमा राखिएको छ। सैनामैना संक्रमित एक महिलालाई भने उपचारका लागि काठमाण्डौं पठाइएको छ। उनमा दीर्घरोग भएकाले स्वास्थ्य जटिलता देखिएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु