काठमाडौ । यहाँ नै हो डा. ललित कुमार लाल दास । जो त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक हुनुहुन्छ । उहाँले नेपालमा नै रहेका बनस्पती, नेपालकै प्रविधि प्रयोग गरेर कोरोना बिरुद्धको खोप र औषधि तयार गर्नुभएको छ ।

जुन विश्व स्वास्थय संगठन (डब्लूएचओ) ले पनि चासो दिएको छ । यति मात्र हैन वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गर्नुभएको छ । यो अत्यन्तै खुशीको कुरा हो । नेपालका लागि यो सौभाग्य हुनसक्छ ।

औषधि बेचेर नै विश्वको ठूलो धनराशी नेपालले भित्र्याउँन सक्छ । आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डाक्टर दासका अनुसार उहाँले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पार्नुभएको छ ।

सोमध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उहाँको भनाइ छ ।

डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताउनुभयो । द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उहाँको भनाइ छ ।

वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ ।

वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गर्नुभएका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउनुहुन्छ । बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराउनुहुन्थ्यो । उहाँका बारे मन्त्री दुलालले भर्खरै केही प्रष्ट हुनेगरी लेख्नुभएको छ ।

खास कुरा :-
डा.ललित कुमार लाल दास Phytochemistry बिषयमा बन बिज्ञान अध्ययन संस्थान हेटौंडामा सहप्रध्यापकको रुपमा अध्यापन गर्नुहुन्छ । कोभिड-१९, रोगको संसारमा भ्याक्सिन नभएको समाचारले उहाँमा केही गर्ने इच्छा जाग्यो । आजभन्दा करिव ७० दिन अघिबाट औषधि निर्माण सम्बन्धि बिभिन्न बिधि, कोरना भाइरस बारेको सुक्ष्म अध्धययन र भाइरससंग लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सक्ने वा भाइरसलाइ निष्क्रिय पार्न सक्ने औषधीको खोजमा लाग्नुभयो ।

७० दिनको अनवरत अनुसन्धान पश्चात उहाँले रोगप्रतिरोधी क्षमता बढाउने ३ वटा नमूना र भाईरस निष्कृय पार्न Protein Denaturation गर्ने ६ वटा नमुना (लिक्विड फर्म) तयार पार्नु भएको छ । उप्रान्त उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतबाट आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि उहाँको नमूना प्रचलित पद्धति अनुसार परिक्षणमा जान्छ र त्यसले देखाउने प्रभाका आधारमा थप परिणाम आउनेछ । प्रयोगशालामा छलफल देखि आज केही बैज्ञानिकहरुसंग उहाँलाइ थप परामर्श गराइ NHRC संग समन्वय गर्ने काम भएको छ ।द्रुत गतिमा यस कार्यको लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्नेछ । डा.दासको प्रयासले सफलता प्राप्त गरोस्। शुभकामना !!

योपनि पढ्नुहोस्
सारा नेपालीका लागि खुशीको खबर : त्रिविले बनाएको कोरोना भाइरसको औषधि परीक्षण सुरु

काठमाडौ । सारा नेपालीका लागि खुशीको खबर आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चासो दिएको कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले बनाएको औषधिको परीक्षण सुरु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थाल्नुभएको छ । उहाँले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गर्नुभएको हो । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गर्नुभएको थियो । छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिनुभयो ।

“अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ”, उहाँले भन्नुभयो । डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उहाँको भनाइ छ । आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डाक्टर दासका अनुसार उहाँले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पार्नुभएको छ । सोमध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उहाँको भनाइ छ । डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताउनुभयो । द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उहाँको भनाइ छ । वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ ।

राससले पहिलोपटक समाचार प्रकाशन तथा प्रशारण गरेपछि डाक्टर दासको अनुसन्धान सार्वजनिक भएको थियो । समाचारपछि नेपालमै कोरोनाविरुद्ध औषधि पत्ता लागेको भन्दै देश विदेशमा चर्चा चलेको थियो । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गर्नुभएका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउनुहुन्छ । बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराउनुहुन्थ्यो ।

यसैबीच, डाक्टर दासलार्ई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ । भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिनुभयो । उहाँका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ ।

डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको जानकारी दिनुभयो । गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ । “डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ”, उहाँले भन्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु