कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’ मा


काठमाडौं । युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नु भएको छ । उहाँसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उहाँले एकान्तमा बस्ने घोषणा गर्नुभएको हो । उहाँको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ, “साथीहरु म आफै आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरुको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँ कोरोनाभाइरस विरुद्धको लडाईमा देशको नेतृत्व गरिरहनुभएको थियो । उहाँ मातहत नै यससम्वन्धी समिति रहेको थियो । स्वास्थ्य मन्त्रालयले सवै मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उहाँहरुको फेरि केही दिनमा दोहो¥याएर परीक्षण गरिने जानकारी दिनुभयो ।

“मन्त्रीहरु विभिन्न ठाउँमा जाने गरेको, मानिसहरुलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो,” उहाँले भन्नुभयो । युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् । युगाण्डामा अहिलेसम्म सङ्क्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता