काठमाडौं । कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटीपिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटीपिसिआर परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोरोना पुष्टि भएकामा दैलेखका दुल्लु नगरपालिकाका २७ र महाबु गाउँपालिकाका ६४ जना भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार महाबु – २ मा मात्र दुई महिलासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्यसैगरी जुम्ला, चन्दननाथ नगरपालिकाका तीन, हुम्ला चंखेली गाउँपालिकाको एक, सुर्खेत पञ्चपुरी नगरपालिकाको एक, जाजरकोट भेरी नगरपालिकाको एक, दोलखा तामाकोशी गाउँपालिकाको एक, रामेछाप दोरोम्बा गाउँपालिकाको एक र गोरखा, आरुघाट गाउँपालिकाको एक गरी १०० जनामा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले जनाउनुभयो ।

हुम्ला र जाजरकोटमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीका डोल्पा र रुकुम(पश्चिम) बाहेक आठ जिल्लामा यसको संक्रमण फैलिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । आज ९१ जना थपिएसँगै दैलेख जिल्लामा मात्र कोरोना संक्रमित हुने ३०१ पुगेकोे बताइएको छ ।

सम्बन्धित खबरहरु