काठमाडौं । पश्चिम रुकुमको सोती घटनामा ज्यान गुमाएका सबै युवाको लाश क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । लाशको प्रकृति हेर्दा उनीहरूलाई ज्यान लिएर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक नरसंहार घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै लाश विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका–१ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको बताइएको छ ।

गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी प्रेमीकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ ।

यस घटनामा संलग्न भएको भन्दै प्रहरीले दर्जन भन्दा धेरैलाई नियन्त्रणमा लिएको छ । यो विषय अहिले धेरैका लागि राजनीतिक मुद्धा पनि बन्न पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित खबरहरु