काठमाडौ । सम्वृद्ध नेपाल सुखि नेपाली नामक गिती एल्वम सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गितकार रहेको गिती एल्वममा कुल ५ वटा गितहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा गिति एल्वम तयार भएको हो । शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा वढि सडक मानवहरुलाई खाना खुवाउँदै उनीहरुको हातबाटनै एल्वम सार्वजनिक गरिएको थियो । एक पुरुष र एक महिला सडक मानवलाईनै प्रमुख अतिथि बनाएर उनीहरुको हातबाट एल्वम सार्वजनिक गरिएको थियो ।

गिती संग्रहमा ५ वटा गितहरु समावेश रहेका छन् जसमध्ये स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रस्वास लाई प्रधानमन्त्री केपी ओलीले रचना गर्नु भएको हो भने शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ , हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखि खुसी जनता नाँचको रमेशकुमार पौडेलले रचना गर्नुभएको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिनभएको छ । त्यसैगरि सम्बृद्ध नेपाल सुखी नेपाली बोलको गितमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ ।

मुर्झिएका सपनाहरु विउँझायौ तिमिलेलाई रमेशकुमार पौडेलले रचना गर्नु भएको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ त्यसैगरि पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो बोलको गितमा विपिन किरणको रचना बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ । किरण क्रियसनले बजार व्यवस्थापन गरको गिति संग्रहमा संगित संयोजन आमोश तामाङ रहको छ भने सम्पुर्ण गितमा प्राज्ञ शान्तिराम राईले संगित भर्नु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल र सुखि नेपाली बनाउँको लागी लिनुभएको पहलकदमीलाई जनतामाझ लैजानको लागी गिति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु