काठमाडौं । अहिले कोरोना महामारी र प्रदर्शनका कारण चर्चामा रहेको अमेरिका धेरै नेपालीहरुको सपनाको देश हो । नेपालका धेरै जनाले अमेरिका जान खोज्छन् । तर अमेरिका जान भनेजस्तो सजिलो हुँदैन । त्यसैले धेरैले सपनालाई सपना मात्रै राख्छन् ।

यो बीचमा अमेरिका जाने अनेक प्रक्रियाहरु रहेका छन् । यस मध्यको हजारौं नेपालीहरुको भाग्यको रुपमा रहेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) एकदम महत्वपुर्ण हो । लाखौं नेपालीहरुले यो चिठ्ठा भर्ने गर्दछन् तर धेरै कमलाई मात्रै यो अवसर जुर्ने गर्दछ । यस्तै यस वर्ष पनि लाखौं नेपालीहरुले डिभी भरेका थिए ।

https://twitter.com/USEmbassyNepal/status/1269234163107762176

त्यसको नतिजा आज राती ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो । अमेरिकाले हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिदैं आएको छ । नतिजाका लागि यहाँ थिच्नुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु