काठमाडौं । भारतमा पहिलोपटक २४ घण्टामा कोरोना संक्रमितहरुको संख्या १० हजार पार गरेको छ । गएको २४ घण्टामा भारतमा १० हजार ४०० भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख ४६ हजार ५०० भन्दा धेरै पुगेको छ ।

शनिबार मात्रै झण्डै ३०० जनाले ज्यान गुमाउँदा भारतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ७ हजार नजिक पुगेको छ । निको हुनेहरुको संख्या १ लाख १८ हजार ५०० भन्दा धेरै रहँदा १ लाख २० हजार भन्दा धेरै अस्पतालमा रहेका छन् । अब भारतको प्रतिस्पर्धा बेलायतसँग भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

बेलायतमा अहिले २ लाख ८४ हजार भन्दा धेरै संक्रमित रहेका छन् । बेलायत अहिले विश्वका शिर्ष ५ धेरै कोरोना संक्रमित देशहरुको अन्तिम स्थानमा पर्दछ ।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ४० हजार भन्दा धेरै रहेको छ । विश्वभरको कुरा गर्ने हो भने संक्रमितहरुको संख्या ६९ लाख २० हजार भन्दा धेरै हुँदा ज्यान गुमाउनेहरुको संख्या पनि ४ लाख नाघेको छ ।

सम्बन्धित खबरहरु