काठमाडौ । धेरै समयपछि आएर अमेरिकी दुतावासले एमसीसी अर्थात् मिलेनिय च्यालेन्ज कर्पोरेसन इन्डो प्यासिफिक स्टाटेजीकै अंश भएको स्वीकार गरेको छ । यो परियोजना इन्डो प्यासिफिक स्टाटेजीकै अंश भएको भन्दै यो नेपालका लागि स्वीकार्य नहुने विवादको उत्कर्षमा छ । यही अवस्थामा काठमाडौंमा रहेको अमेरिकी दूतावासले एमसीसी परियोजना इन्डो–प्यासिफिक रणनीतिकै एक अंग भएको स्पष्ट पारेको छ । सबै अमेरिकी कार्यक्रमहरू यही रणनीति अन्तर्गत सञ्चालन भइरहेको पनि दुतावासले जनाएको छ ।

 

इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति भएको र यो यस क्षेत्रमा गरिने पत्येक कामका लागि दिइएको नाम भएको अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले बताइएका छन् । यो कुनै संगठन वा गठबन्धन नभएको नेपाल वा अन्य कुनै देशलाई यसमा सहभागी हुन आग्रह नगरिएको पनि उनले बताए ।

 

इन्डो–प्यासिफिकमा सहभागी देशको हितका लागि तय गरिएको नीति भएको जानकारी समेत उनले दिए । यो नीति अनुसार नेपाल बलियो हुँदा अमेरिका बलियो हुने, नेपाली स्वस्थ हुँदा अमेरिकी स्वस्थ हुने उनी बताउछन् । नेपालको सार्वभौमिकता सबल भयो भने अमेरिकाको सार्वभौमिकता पनि सबल हुन्छ किनभने इन्डो–प्यासिफिक रणनीति भनेकै स्वहित भएको धारणा उनले राखे ।

 

सार्वभौमिकता, स्वतन्त्रता, खुलापन र सुरक्षाको सिद्धान्त उल्लंघन गर्ने जुनसुकै देशविरुद्धमा संरक्षणको संयन्त्र निर्माण गर्ने उद्देश्य इन्डो–प्यासिफिक रणनीतिको रहेको भनाई उनको थियो । एमसीसी नेपालकै अनुरोधमा सुरु भएको र संसद्बाट सम्झौता अनुमोदन गर्ने सर्त नेपालका लागि मात्रै नभएको दूतावासले जनाएको छ । अन्तर्राष्टिय विकासको नयाँ ढाँचाका रूपमा एमसीसी सन् २००२ मा सुरुवात गरिएको हो । यो विश्वरभी रहेका सबै महादेश गरी ५० राष्ट्रमा लागू भइरहेको जानकारी रोजर्सले दिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु