काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भन्ने अभिव्यक्ति दिनुभएको छ । मातृभूमिको औधि माया गर्ने शाहले एक ट्वीट गर्दै भन्नुभएको छ ।

सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएर एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको छ। मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ। उहाँको यो भनाई सर्वाधिक सेयर भइरहेको छ ।

देशको अहित हुने कुनै प्रकारको सन्धी सम्झौतामा सरकार अग्रसर हुनु घातक हुनसक्छ। कुनै पनि राष्ट्रिय महत्वको सन्धी सम्झौता गर्दा आम नागरिकको सुझाव पनि ग्राह्य हुनुपर्छ। राष्ट्रिय मुद्दामा सबै राजनैतिक दल एकसुत्रमा बाँधिनु अनिवार्य हुन्छ। आपसको द्वन्दले देशलाई अधोगति तर्फ लैजान सक्छ।

हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।

आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।

निकटम छिमेकी देशसँगको सीमाको विवाद भनेको अत्यन्त गम्भीर विषय हो। यसको समाधानका लागि सरकारका तर्फबाट म्यान-टु-म्यान कुटनीतिक पहल अनिवार्य छ। वक्तव्य वा डिजीटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल-भारत-चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ।

आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ। पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु