काठमाडौं । देशका बढ्दै गएको कोरोना महामारीलाई लिएर प्रदर्शन सुरु भएको छ । मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । यो बीचमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।

लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका हुन् । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा समेत्त लिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्र प्रवेश गर्ने, लकडाउन उल्लंघन गर्ने र उच्छृङ्खल गतिविधि देखाएकाले उनीहरुलाई नियन्त्रणमा लिन पानीको फोहोरा र लाठीचार्ज गरिएको बताउनुभयो ।

सम्बन्धित खबरहरु