काठमाडौं । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लायर्समा आगजनी भएको छ । गाडी दुर्घटनाका विषयमा पीडितले न्याय नपाएको जनाउँदै आगजनी गरिएको स्थानीयवासीले बताएका छन् ।


गत वैशाखमा राजापुर–१० मा भएको गाडी दुर्घटनाका विषयलाई लिएर स्थानीयवासीले पसलका सामान बाहिर निकाली सप्लायर्समा आगजनी गरेको राजापुर –६ का वडाध्यक्ष महेश चौधरीले बताउनुभयो ।
स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी निर्णय गर्दै गाडी चालक वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई धरौटीमा २२ दिनमा छाडिएका कारण आगजनी गरिएको स्थानीयवासीले बताएका छन् ।
तोडफोडमा करीब रु ८७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । गत वैशाख ३० गते भे १ च ३४३१ नम्बरको जीप र से ५ च ४३३२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक राजापुर ६ महादेउलीका ३८ वर्षीय सोमनाथ थारुको उपचारका क्रममा गुलरियामा ज्यान गएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु