काठमाडौ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिहीबारदेखि नै बजार खोल्न दिने निर्णय गर्नुका साथै निजी सवारी साधन जोर र बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। सार्वजनिक सवारी साधनमा भने ट्याक्सीमात्र चल्न दिइने भएको छ। लामो दुरीका सवारी साधन र सार्वजनिक सवारीका अन्य साधन भने अहिल्यै खोल्न नदिइने एक मन्त्रीले देशसञ्चारलाई जानकारी दिए।

 

लकडाउनको ८० औँ दिनदेखि जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने र पसलहरु खुल्ला गर्न दिने निर्णय मन्त्रिपरिषद्‌ले गरेको ती मन्त्रीले जानकारी दिए। जोर अंक नम्बर भएको सवारी साधनज जोर गतेको दिन र बिजोर अंक भएको सवारी साधन बिजोर गतेका दिन सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यद्यपि यसबारे विस्तृत विवरण बिहीबारमात्रै सार्वजनिक गरिने पनि ती मन्त्रीले बताए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु