काठमाडौ । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । अहिले बिहानैदेखि यही मापदण्डका आधारमा यस्ता सवारी चलिरहेका हुन् । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताउनुभयो ।

 

उहाँका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रिय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यबसायहरु पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ । यससम्बन्धी पूर्ण निर्णय भने विहीवार सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो । बुधबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी विहीबार पत्रकार सम्मेलन मार्फत दिइने बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु