काठमाडौं । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुराका क्याम्पसका क्वारेन्टिनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निःशुल्क औषधि उपलब्ध गराउनुका साथै योगाभ्याससमेत गराएको छ । केन्द्रले बुधबार उक्त क्वारेन्टिनमा बसेका ९५ जनालाई औषधि वितरण गरिएको र योगाभ्यास पनि गराएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यालय प्रमुख दीक्षा भण्डारीले बताउनुभयो ।

उहाँले क्वरेन्टिनमा बस्दै आएकाको तनाव व्यवस्थापन र उच्च मनोबल बनाउनका लागि योगाभ्याससम्बन्धी जानकारीसहित १२ चरणका योगाभ्यास गराएको भण्डारीले जानकारी दिनुभयो । रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरको रगत चलायमान बनाउन आयुर्वेदिक औषधिसहित योगाभ्यास गराएको प्रमुख भण्डारीले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

योगाभ्यास तथा औषधि वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले क्वारेन्टिनमा बसेकाका लागि नगरपालिका सबै सेवा दिन तयार रहेको बताउनुभयो । नगरपालिकाले क्वारेन्टिनमा बसेकाका लागि कुनै पनि सेवा सुविधामा कमी आउन नदिने बताउनुभयो । क्वारेन्टिनमा रहेका नगरका नागरिकले अनावश्यक कुरामा भन्दा सबैले जिम्मेवार भई बस्न नगरप्रमुख बडुवालले आग्रह गर्नुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले पछिल्लो समयमा बाजुरामा विभिन्न रोगमा बिरामीलाई आयुर्वेद उपचार सेवा प्रभावकारी बनाउँदै गएको छ । आयुर्वेद अस्पतालमा बाथ, अम्लपित्त, दम, खोकी, पिनास, पायल्स, छालारोग, स्त्रीरोग, उच्च रक्तचापलगायतका रोगहरुको उपचार हुँदै आएको केन्द्र प्रमुख भण्डारीको भनाइ छ ।

आयुर्वेदभन्दा पहिले खासै बिरामी नआउने गरेको केही समयमा प्रचारप्रसार हुन थालेकाले बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । केन्द्रले सुनौला हजार दिनका आमालाई दूध बढाउने औषधि र ज्येष्ठ नागरिकको लागि रसायन औषधि वितरण गर्दै आएको केन्द्रले जनाएको छ ।

अस्पतालमा ओपिडी सेवा, पूर्वकर्म, पञ्चकर्म सेवा र वितरण हुँदै आएको छ । क्वारेन्टिनमा रहेकालाई औषधि वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, वडाध्यक्ष प्रकाश रावल, विनोदकुमार विकको सहभागिता थियो । औषधि वितरण बडिमालिका नगरपालिकाको सहयोगमा गरिएको छ ।

सम्बन्धित खबरहरु