काठमाडौं । पछिल्लो समय पटकपटक देशविरोधी बयान दिदैं आएकी सरिता गिरीले आफ्नो पार्टीको निर्देशन नमान्ने बताएकी छिन् । नवगठित जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव फिर्ता नलिने बताएकी हुन् ।

उनको पार्टीले फिर्ता लिनु भन्दै निर्देश जारी गरे पनि गिरीले आफ्नो अडानबाट पछि नहटने स्पष्ट पारेकी छिन् । गिरीले बुधवार नै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्यसपछि तत्कालीन समाजवादी पार्टीको संसदीय दलले विज्ञप्ति जारी गरी सांसद गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको हो । दलले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिए पनि दिएको छ । तर गिरीले उल्टै संसदमा आफूमाथि गाली बेइज्जती हुँदा पार्टीले कुनै प्रतिक्रिया नजनाएको भन्दै आरोप लगाएकी छिन् । संशोधन फिर्ता नलिनेबारे नेताहरुलाई आफूले प्रस्ट भनिसकेको उनको दावा रहेको छ ।

हिजो केही युवाहरुको समुहले गिरीको घरमा हमला पनि गरेका थिए । अब उनलाई उनको पार्टीले कस्तो खालको कारवाही गर्ने हो त्यो भने हेर्न बाँकी छ । उनलाई सांसदबाट निलम्बन गर्नुपर्ने र देशद्रोहको कानुन लगाउनुपर्ने माग उठेको छ । उनी समानुपातिक सांसद भएकी हुन् ।

४०–५० जनाको समुहमा गिरीको घर घेर्न पुगेकाहरुले गेट तोड्नुका साथै उनलाई तत्काल कारवाही हुनुपर्ने माग गरेका छन् । हमलाकारीहरुले तत्काल गिरीलाई भारतीय इसारामा देशको अखण्डता विरोधी बयान दिएको भन्दै सांसदबाट निलम्बन गरेर देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

सम्बन्धित खबरहरु