वैज्ञानिकहरुले अल्जाइमर्स तथा तनावको बीचमा गहिरो सम्बन्ध रहेको तथ्य पत्ता लगाएका छन् । मानसिक तनाव तथा चिन्तामा रहने व्यक्तिमा अल्जाइमरको जोखिम उच्च हुने शोधकर्ताहरुको ठहर छ । अमेरिकाको शिकागोस्थित रोस युनिभर्सिटी मेडिकल सेन्टरका वैज्ञानिकहरुले चिन्ता, सुर्ता तथा तनाव जस्ता नकारात्मक भावनाबाट पीडित मानिसहरु अन्य सामान्य मानिसहरु भन्दा अल्जाइमरको सिकार बन्ने जोखिम दोब्बर हुन्छ । शोधकर्ताहरुले ७ सय ९७ जना पाका मानिसहरुको मानसिक तथा मनोवैज्ञानिक तनावको अध्ययन गरेका थिए । झण्डै ५ वर्षको अध्यननका क्रममा ती मध्ये १ सय ४० जना अल्जाइमरको सिकार भएको पाइयो । यसरी अल्जाइमरको सिकार हुनेहरु मानसिक तनावबाट पीडित भएकाहरु तथा छिटो रिसाउनेहरु थिए । यो नतिजाबाट वैज्ञानिकहरुले तनाव र अल्जाइमरका बीचमा गहिरो सम्बन्ध रहेको र तनावले अल्जाइमरको जोखिम बढाउने निष्कर्ष निकालेका हुन् ।alz

सम्बन्धित खबरहरु