काठमाडौं । भारतीयलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गो'ली चलाएको छ । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हमला गरेको थियो । ड्युटीमा खटिएका एक प्रहरीको ह'तिया'रसमेत उनीहरुले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको हो । सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गो'ली लागेको जनाइएको छ ।

एकको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको ह'तिया'र खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गो'ली लागेको बताइएको छ । शुक्रबार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान ल्याएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसलगत्तै ती व्यापारीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै सयौंको संख्यामा मानिसहरुको भिड ल्याएर आएका थिए ।

समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको ह'तिया'र खोस्न थालेपछि एकछिन झडप समेत भयो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गो'ली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । उहाँले सीमामा तनाव रहेको जनाउँदै दुई जना भरतीयलाई गो'ली लागेको जानकारी दिनुभयो । घटनालगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगिरहेका छन् ।

सम्बन्धित खबरहरु