काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको शिक्षक तालीमको आज समापन सत्रमा उहाँले सरकारले तथ्य र प्रमाणका आधारमा नक्सा जारी गरिसकेकाले भारतीय पक्षबाट भोगचलन भएको सो भूमिलाई फिर्ता ल्याएर नेपालको हो भनेर पूर्जासहित प्रमाणित गरिने स्पष्ट पार्नुभयो ।

कूटनीतिक र द्विपक्षीय वार्तालाई सरकारले महत्व दिएकाले वार्ताबाट नै समस्या समाधान गर्न सक्छौँ भन्ने दृढ विश्वासका साथ सरकार अघि बढेको मन्त्री अर्यालले बताउनुभयो । कोरोनाका कारणले अन्य सबै क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि ठूलो असर पारेको बताउँदै मन्त्री अर्यालले विद्यमान अवस्थामा शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्नका लागि अनलाइन प्रविधि महत्वपूर्ण उल्लेख गर्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हालको विषम परिस्थितिमा समेत इन्टरनेट साक्षरताले बढावा आएको बताउँदै उहाँले अध्ययन÷अध्यापनमा सबैलाई जोड्न सकिने माध्यमको खोजीका लागि सरकारले शिक्षा मन्त्रालयमार्फत योजना बनाउने जानकारी दिनुभयो । बालबालिकालाई विद्यालयमा ल्याऔँ र पढाइमा टिकाउँ भन्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री अर्यालले सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाइने र सार्वजनिक विद्यालय सुधारका लागि विसं २०७६ देखि २०८५ सम्म सवलीकरण दशक शुरु गरिएको स्पष्ट पार्नुभयो ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले सहकारी अर्थव्यवस्थालाई बलियो बनाउन माध्यमिक विद्यालय तहदेखिनै अर्थशास्त्रको प्राविधिक ज्ञान दिइनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा जगमान गुरुङले संस्कार र संस्कृतिप्रति शिक्षकमा गहिरो अध्ययन आवश्यक पर्ने बताउनुभयो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले शिक्षकका अधिकार र हितका सवालमा जारी बन्दाबन्दीका अवधिमा समेत अनलाइनका माध्यमबाट शिक्षा मन्त्रालयसँग वकालत गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सूचना प्रविधिका बारेमा आधारभूत ज्ञान भएका शिक्षकको सर्टिफिकेशन गर्ने योजना रहेको सुनाउनुभयो ।

सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष राम पोखरेलले शिक्षकलाई बन्दाबन्दीमा समेत गुणस्तरीय शिक्षालगायतका विभिन्न विषयमा विषय विज्ञबाट सैद्धान्तिक ज्ञानसहित सूचना प्रविधिका माध्यमबाट विद्यार्थी र शिक्षकलाई कसरी जोड्न सकिन्छ भन्ने बारेमा चार दिनको तालीममा ज्ञान दिइएको बताउनुभयो ।

सम्बन्धित खबरहरु