काठमाडौं । भारतले कब्जा गरेको भुभाग फिर्ता ल्याउनका लागि नेपाली कांग्रेसले पुर्ण रुपमा सरकारलाई सहयोग गर्ने भएको छ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कालीनदी पूर्वको जमिन नेपालको भएको बताउनु भएको छ ।

आजको संसदमा नेपालको संविधान दोस्रो संशोधन विद्येयकमाथि दफाबार छलफलमा भाग लिँदै देउवाले यस्तो स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, ‘सुगौलीको सन्धि १८१६ अनुसार कालीनदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ। ब्रिटिसले छापेको, चाइनीजले छापेको नक्सामा पनि नेपालको हो भन्ने कुरा स्पष्ट छ। यसमा दुइ मत नै छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो पार्टीले संसोधन प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ। आजै संसदीय दलको बैठकमा पनि संसोधनको पक्षमा मतदात गर्ने निर्णय गरेकोछ यसलाई संसदीय दल केन्द्रीय समितिले पूर्ण समर्थन जनाएको छ।’ देउवाले सबै पार्टीको एकता देखिनु महत्वपूर्ण कुरा छ राष्ट्रिय हितमा भएको पनि बताउनुभयो ।

सम्बन्धित खबरहरु