पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदीलाई कोरोना सङ्क्रमण


काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी सङ्क्रमित भएको शनिबार उहाँले बताउनुभएको छ । क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५–वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ ।

उहाँले भन्नुभयो, “म गत बिहीबारदेखि अस्वस्थ बनेको छ । मेरो शरिरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलार्ई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।” उहाँले भन्नुभयो, “सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारका लागि भगवानको आशिर्वाद बन्नेछ ।” सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानका लागि विभिन्न खेलमा इतिहास रच्च सफल उहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझै पनि कायम रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अफ्रिदीले कोरोना भाइरसबाट प्रभावित पाकिस्तानी नागरिकका लागि वस्तीवस्तीमा पुगी सहयोग गर्दै आउनुभएको थियो । गतहप्ता उहाँले एएफपीसँग कुरा गर्दै भन्नुभएको थियो, “म पाकिस्तानी जनतालाई सहयोग गर्न पाउँदा खुशी छु । मैले सहयोगका लागि समुदायमा जाँदा मास्क लगाउने र निसङ्क्रमित हुने आवश्यक सबै सावधानीलाई अपनाउने गरेको छु । यतिवेला विश्व मानवीय सहयोगका लागि कठिन अवस्था छ ।” अफ्रिदीको स्वास्थ्य सुधारको कामना गर्दै प्रार्थनासहितका शुभकामना सामाजिक सञ्जालमा उच्च महत्वका साथ सम्प्रेषण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना, अब परीक्षा नहुने !
विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयले सबै स्थानीय सरकारलाई पठायो यस्तो पत्र [पत्रसहित]
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता