दुधको मुल्य बढाउनु बाध्यता : कृषि मन्त्री

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १८ पुस, २०७१

सरकारले कृषि कर्जासम्बन्धी कार्यविधि संशोधन गर्ने काम अन्तिम चरणमा पुराएको छ ।32119

संसदको कृषि तथा जलस्रोत समितिको बैठकमा अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालका अनुसार संशोधित कार्यविधि अर्को साता मन्त्रीपरिषदबाट पारित गराउनेगरी काम भइरहेको छ ।

संसोधित कार्यविधि अनुसार २१ देखि ५० वर्षसम्मका कृषकहरुले कृषि कर्जा पाउनेछन् भने अबदेखि बाणिज्य बैंकहरुले पनि कृषिका लागि कर्जा दिनुपर्नेछ । कार्यविधि पाँच महिनाअघि बनेको थियो । बैठकमा कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषि मन्त्रालयले बनाएको कार्यविधि अर्थमन्त्रालयले पारित गर्न ढिला गरेकाले काम गर्न अप्ठेरो परेको बताए ।

कृषिले ३४ वटा कार्यविधि बनाएर अर्थमत्रालयमा पठाएको भए पनि स्वीकृति दिन ढिला गरेकाले समस्या परिरहेको उहाले दाबी गरे । मन्त्री पराजुलिले दुधमा बाध्यताबस मुल्य बढाउनुपर्ने बताए ।

स्थानिय तहमा दुधको उत्पादन बढेपनि उपभोक्ता पनि बढेको कारण मूल्य समायोजन गर्न परको उनको दावी छ ।

सम्बन्धित खबरहरु