पेरिस (एजेन्सी) । दक्षिण अमेरिकी देशका प्राचिन माया सभ्यतामा प्रयोग हुने गरेको क्यालेन्डरलाई लिएर विगतका कयौं बर्ष देखि भइरहेको दावीमा एक अर्को थपिएको छ । पृथ्वी विनासलाई लिएर मानव मस्तिष्क धेरै नकारात्मक छैन । केही बर्ष अगाडीको एक सर्वेक्षणले आधुनिकिकरण र विकाससँगै मानवमा नैरास्यता पनि त्यतिकै बढेको देखाएको थियो । यो आत्महत्या जस्ता घटनामा बृद्धी, कहल, हत्या हिँसाजस्ता सामाजिक विकृतीमा उल्लेखनिय बृद्धी हुनुको कारण बनेको छ । यी बिकृतीहरुबाट टाढा रहेकाहरुमा पनि जीवनशैली प्रति असन्तुष्टी पर्याप्त देखिएका छन् ।

 

 

त्यसैले उल्लेखनिय संख्यामा मानिसहरु पृथ्वी ध्वस्त हुन्थ्यो भन्ने कल्पना गर्छन् र त्यसलाई लिएर अनेक कुराहरुलाई जोडेर यसको भविष्यवाणी गर्ने वा सिद्धान्तहरु अगाडी सारिरहेका हुन्छन् । छुद्रग्रह, प्लानेट एक्स, विश्व युद्ध, भुकम्प, महामारी रोगब्याधी जस्ता पक्षहरुलाई पृथ्वीको विनाससँग जोडेर अगाडी सारिरहेका हुन्छन् ।

 

यसैक्रममा अहिले कोरोना महासंकटबीच जुन २१ मा विश्व समाप्त हुने दावी उनीहरु गरिरहेका छन् । कोरोना महासंकटका बावजुद अझै सबैभन्दा खराब समय आउन बाँकी नै रहेको उनीहरुले भनेका छन् । यो ताजा दावीले मानिसहरु धेरै त्रसित भइरहेका छन् भने इन्टरनेटमा यो हल्लाले ब्यापक स्थान पाइरहेको पनि पाइरहेको पनि छ ।

 

विश्व समाप्त हुने यो दावी ग्रेगोरियन क्यालेन्डरलाई सन् १५८२ मा लागु गरिएको मानकलाई आधारित छ । त्यतिबेला बर्षमा ११ दिन कम भएको थियो । यो ११ दिन सुन्नमा अत्यन्तै कम लागेपनि २ सय ८६ बर्षमा यो लगातार बढ्दै गएको छ । सन् २०१२ मा पृथ्वी ध्वस्त हुने दावी गर्ने र हल्ला फिजाउनेहरुले अहिले हामी सन् २०१२ मा हुनु पर्ने बताउँछन् । यो दावीलाई वैज्ञानिक पाओलो टगलोगुइनको एक ट्विटले थप बल पुर्याएको छ ।

 

टगलोगुइनले आफनो ट्वििटमा भनेका छन्, जुलियन क्यालेन्डर यदि अपनाइरहेको हो भने हामी प्राविधिक रुपमा यो बर्ष २०१२ मा छौ ं । ग्रगोरियन क्यालेन्डरमा जानाले हामी एक बर्षमा ११ दिनको नोक्सान भएको छ । ग्रेगोरियन क्यालेन्डर लागु भएको २ सय ६९ बर्ष (१७५२ देखि २०२०) बितिसकेको छ । यसलाई यदी ११ गुणा गर्ने हो भने २ हजार ९ सय ४८ दिन हुने छ । २ हजार ९ सय ४८ दिन बराब ८ बर्ष हुन्छ ।

 

यद्यपी पछि वैज्ञानिक पाओलोले आफनो ट्विट हटाए । तर उनको ट्वििटपछि मानिसहरु सन् २०२० जुन २१ वास्तवमा सन् २०१२ डिसेम्बर २१ भएको बताइरहेका छन् । सन् २०१२ मा पनि यसतै दावी गरिएको थियो र डिसेम्बर २१ मा विश्व अन्त्य हुने भनिएको थियो । उक्त दावी सुमेरिअनहरुले काल्पनिक खोज गरिएको ग्रह निबिरुमा आधारित थियो ।

 

उनीहरुका अनुसार उक्त रहस्यमय ग्रह पृथ्वी तर्फ बढिरहेको छ । सुरुमा सन् २००३ मे मा पृथ्वी ध्वस्त हुने दावी गरिएको तर नभएपछि यसको तिथि बढाएर सन् २०१२ डिसेम्बर २१ पुर्याइएको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो दावीमा कुनै विश्वसनिय वैज्ञानिक आधार नभएको जनाएको छ । यस प्रकारको दावी फिल्म, किताब र इन्टरनेटमा मात्र सिमित रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु