काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरसको असर भारतमा गम्भीर देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय भन्दा धेरै पुगेको छ । शनिबार एकैदिन भारतमा सबैभन्दा धेरै १२ हजार ३१ संक्रमित फेला परेका थिए । यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका थिए ।

यो आँकडा कोभिढ१९इन्डिया डट ओआरजी अनुसार हो । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ मन्त्री तथा अधिकारीसँग समीक्षा बैठकको आयोजना गरेका छन् । यतिबेला महाराष्ट र दिल्लीसमेत सबै राज्य–केन्द्र शासित प्रदेशको स्थितीबारे चर्चा भयो । मोदीले १६ र १७ जूनमा छैटौं पटक सबै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सिङ पनि गर्नेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

छलफलपछि मोदीले देशमा कोरोनाका दुई तिहाई संक्रमित पाँच जिल्लामा भएको बताए । उनका अनुसार ठूला शहरमा धेरै संक्रमण फैलिरहेको छ । यहाँ कोरोनासँग जुध्नका लागि परीक्षण, बेडको संख्या र अत्यावश्यक सेवा बढाउनेबारे चर्चा भएको बताइएको छ । भारतमा अहिले ९ हजार २०० जनको मृत्यु भएको खबर आएको छ ।

सम्बन्धित खबरहरु