काठमाडौं । अर्काकी श्रीमतीसँग सम्बन्ध राख्दै गर्दा वडाध्यक्ष रंगेहात फेला परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मा (प्रकाश) सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन् । नरहरीनाथ गाँउपालिका–७ की एक स्थानिय महिलासँग सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेको बताइएको छ ।

[caption id="" align="aligncenter" width="1260"] File Photo[/caption]

अत्यधिक मदिरा सेवन गरी पटक पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी सम्बन्ध राख्दै गर्दा रंगेहात नाङ्गै समातेका हुन् । माल्कोटकी ती महिलासँग वडा अध्यक्ष बिकले पहिलेदेखि नै सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफूले बिहे गर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरिएको थियो । स्थानीयले वडा अध्यक्ष दलबहादुर बिक मदिरा सेवन गरी गाँउको राजा हुँ भन्दै गाली गर्ने र स्थानीय महिलाहरुलाई दुव्र्यवहार गर्ने गरेको बताएका छन् । उनले जे मन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहँदै आएका छन् । गाँउमा विभिन्न काण्ड गरेर पछि धाक धम्की, लोभ देखाएर मिलापत्र गर्ने गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्यसमेत रहेका विश्वकर्माले पटक पटक यस्तो हर्कत गर्दा पनि पार्टी चुप लागेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । यता वडा अध्यक्ष बिकले रंगेहात पक्रिएको कुरा अस्वीकार गरेका छन् । उनले भने, ‘आरोपित महिला मेरा आफ्नै बहिनी नाता पर्छन् । आर्थिक लेनदेनको विषयमा विवाद भएपछि मदिरा सेवन गरेको बेला सामान्य विवाद भएको हो । बसेर समाधान पनि गरिसकेका छौँ ।’

सम्बन्धित खबरहरु