काठमाडौं । कोरोना संकटसँग जुध्दै गरेको भारतमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार ५.८ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का गुजरातमा आज साँझ भारतीय समय अनुसार ८ः१३ मीनेटमा महसुस गरिएको हो । गुजरातको राजकोट आसपास केन्द्र भएको जानकारी भारतको राष्ट्रिय भुकम्प मापन केन्द्रले दिएको छ । यसबाट कुनै क्षति भए नभएको कुनै जानकारी आएको छैन । पछिल्ला दिनहरुमा भारतमा यस खालका धक्काहरु लगातार महसुस हुँदैछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

[caption id="" align="aligncenter" width="1200"] File Photo[/caption]

https://twitter.com/ANI/status/1272179929975676928

सम्बन्धित खबरहरु