काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउनका बीचमा पनि विभिन्न खालका अपराधहरु हुँदैछन् । झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरिएको छ । यस आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय रमेश बस्नेत रहेका छन् । जानकारी अनुसार घटना २६ जेठको हो ।

 

साँझ घरबाट पसल जाँदै गरेका वेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी दिएको हो । इलाका प्रहरी कार्यालय, काँकरभिट्टका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । उहाँका अनुसार जिल्ला अदालत, झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित खबरहरु