काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ ।

 

 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पाइएको छ । यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् । उनीहरु क्वारेन्टिनमा छन् । अब सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा. शर्माले जानकारी दिए । गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

 

मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । यसैगरी मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए । योसँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ११ पुगेको छ ।

 

यस्तै रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । यससँगै गुल्मी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म ३७२९ जनाको आरडिटी बिधिबाट परीक्षण गरिएको छ ।

 

पीसीआर बिधिबाट परीक्षण गर्न ७०६ जनाको स्वाब संकलन गरिएकोमा ४०५ जनाकोमात्र रिपोर्ट आएको छ । ३०१ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गुल्मी जिल्लामा २ हजार ८ सय ९ जना क्वारेन्टिनमा बसेका छन् । भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुलाई ५ हजार ३ सय ८ बेडको क्वारेन्टिन तयार गरिएको छ । जिल्लामा हाल ७७ बेडको आइसोलेसन बेड तयार गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु