काठमाडौ । यो हप्ता पृथ्वीको अति नजिकबाट पाँचवटा क्षुद्र ग्रहहरु गुज्रिदैछन् । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा) ले यसबारे जानकारी दिएको हो । नासाका अनुसार गत हप्तामात्र एक क्षुद्र ग्रह पृथ्वी र चन्द्रमाको बीचबाट गुज्रेको थियो । यसैले नासाले तपाईले केही महसुस गर्नुभयो भनेर विश्वभरी सोधेको थियो । वैज्ञानिकहरुले उक्त क्षुद्र ग्रहरलाई ट्रयाक गर्न चुकेका थिए । नासाले यस्तो गल्तीले भविष्यमा मूल्य चुकाउन पर्न सक्ने पनि बताएको छ ।

 

 

पृथ्वीको नजिक भएर गुज्रने क्षुद्रहरु मध्ये एकको आकार ४७ फिट र बाँकीको १३० देखि १८० फिटसम्म रहेको छ । यी क्षुद्र ग्रहरु पृथ्वीबाट आठ लाख ५९ हजार देखि ४१ लाख माइल टाढाबाट गुज्रनेछ । यसबारे धेरै चिन्ता लिन आवश्यक नभएको वैज्ञानिकहरुले बताएका छन् । तर, नासाका अनुसार गत ५ जुनमा एक क्षुद्र ग्रह पृथ्वीबाट १ लाख ९० हजार माइलको दुरीबाट गुज्रेको थियो । यसको आकार ४ सय फिट थियो । वैज्ञानिकहरुका अनुसार ‘२०२० एलडी’ नाम दिइएको उक्त क्षुद्र ग्रह पृथ्वी र चन्द्रमाबीचबाट गुज्रेको थियो । तर, ७ जुनसम्म वैज्ञानिकहरु बेखबर रहे । वैज्ञाहिरुले क्षुद्र ग्रह ठूलो आकारको नभएको बताए पनि सन् २०१३ मा साइबेरियामा कहर बर्साएको चैलयाविस्क उल्कापिन्डभन्दा यो ठूलो रहेको थियो ।

 

खगोलविदका अनुसार १६४० फिट या सोभन्दा ठूलो क्षुद्रग्रह एक लाख ३० हजार वर्षमा एक पटक पृथ्वीसँग ठोक्किने अनुमान गरिन्छ । १३ अप्रिल २०२९ मा ९९९४२ नाम दिइएको क्षुद्र ग्रह पृथ्वीको निकै नजिक भएर गुज्रने छ । यो पृथ्वीसँग ठोक्किन पनि सक्नेछ । यसले केही भूउपग्रहलाई नोक्सान पनि पुर्याउन सक्ने बताइएको छ । यस क्षुद्र ग्रहको आकार ११ सय फिट रहेको छ ।

 

अर्को क्षुद्र ग्रह बेन्नूको आकार १६१० फिटको रहेको छ । यो सन् २१७५ मा पृथ्वीको नजिक भएर गुज्रनेछ । नासाका अनुसार काइनेटिक इम्प्याकटरको मद्दतले क्षुद्र ग्रहलाई पृथ्वीको नजिक आउनभन्दा अघि नै नष्ट गरिनेछ । यी क्षुद्र ग्रहको बाटोमा भूउपग्रह पठाइनेछ । यसले उक्त क्षुद्र ग्रहलाई नष्ट गरिदिनेछ । यस प्रविधिको प्रयोग सन् २०२६ मा पहिलोपटक गरिनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु