कास्कि । गण्डकी प्रदेशको कास्की, गोरखा, स्याङ्जा, बाग्लुङ र नवलपरासी {बर्दघाट सुस्तापूर्व} जिल्लामा आज थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी गोरखामा १०, स्याङ्जामा चार, नवलपरासीमा दुई तथा कास्की र बाग्लुङमा एकरएक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २२३ पुगेको छ ।

 

स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष १८, ३५, ३९ र १८ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी गोरखाको गोरखा नगरपालिकाका वर्ष ३२, ३५, २१, १६, ५३, २९, २५ वर्षका पुरुष र ३१ वर्षीया महिला, बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षीय दुई पुरुषमा सङ्क्रमण फेला परेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

 

नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८ वर्षीय तथा मध्यविन्दु नगरपालिकाका १९ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष तथा बाग्लुङको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमण पुष्टि भएकाहरु सबै भारतबाट फर्किएको र सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकामा हाल उपचारका लागि जिल्लामा रहेको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।

 

प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४८, बागलुङमा ४१, पर्वतमा २६, गोरखामा २५, तनहुँमा नौ, कास्कीमा छ, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये १२ महिला छन् । सङ्क्रमितमध्ये २० विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।

 

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन ९स्वाब० लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये दुई हजार ३७६ को नतिजा आउन बाँकी रहेको बताइन्छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु