अमेरिका । कुनै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमितका लागि मलेरियाको औषधि जीवबुटी भनेका थिए । यसको ठूलो उत्पादक भारतबाट उनले कुटनीतिक चेतवानी दिएर नै अमेरिका झिकाए । त्यहाँ कोरोना संक्रमितलाई आकस्मिक उपचारमा मलेरियाको औषधी प्रयोग गरिदै आइएको थियो ।

 

अहिले प्रयोग गर्न रोकेको छ। ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने दावी गरेका थिए। त्यसपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थियो। अमेरिकाले इबोलाको औषधी कोरोनाविरुद्ध प्रयोग गर्न अनुमति दियो युएस फुड एण्ड ड्रग एड्मिनिष्ट्रेसन (एफडीए) ले संक्रमितको उपचारमा एन्टि मलेरिया ड्रग प्रयोग गर्नुको औचित्य नरहेको जनाएको छ।

 

साथै हाइड्रोक्सिक्लोरक्विनले भाइरसविरुद्ध काम गरेको नपाइएको उल्लेख छ। ट्रम्पको आग्रहअनुसार गत मार्चमा एफडीएले केही गम्भीर बिरामीहरुमा हाइड्रोक्सिक्लोरक्विन प्रयोग गर्न अनुमति दिएको थियो। तर सोमबार एफडीएले हाइड्रोक्सिक्लोरक्विन कोरोना भाइरसविरुद्ध निष्प्रभावी भएको र संक्रमण रोक्न कुनै काम नगरेको जनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु