काठमाडौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) माथी डेङ्गु सङ्क्रमणको त्रास थपिएको छ । प्युठान नगरपालिका – ६ की एक ६ वर्षीयामा डेङ्गु सङ्क्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि आज बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ ।

 

 

गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजन केसीले जानकारी दिनुभयो । मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा अमृत पन्थीले आग्रह गर्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु