काठमाडौ । रूसको दक्षिणी शहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका रूसी स्रोतले बताएको छ । पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय वासिन्दाको एउटा समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन् ।”

 

स्थानीय साना घटनाको अनुसन्धान प्रयोजनका लागि रहेको रूसी उक्त समितिका अनुसार घटनामा १५ जनाको सहभागिता रहेको थियो । विवाद आपन्तबीचको जग्गाको टुक्रालाई लिएर भएको बताइएको छ । मृतकमध्ये एक प्रहरी र एक राष्ट्रिय सुरक्षा अधिकृत पनि रहेका बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु