काठमाडौ । धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला। खासै मानव बस्तिपनि छैन होला । तर हामी आज त्यहाँका बारेमा भन्दै छौ । त्यहाँ तस्विर देखेपछि तपाई जो कोहीलाई लाग्नेछ । आहा स्वर्ग त यही होला । भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइ रहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले।

 

२०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए। ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन्। भयंकर खानतलासी पछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको ग¥यै छ।’ उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत शृंखला छ। त्यसलाई लिम्पियाधुरा पर्वत शृंखला भनिन्छ। त्यसको पश्चिमको अग्लो चुचुरो (लिम्पियाधुरा) बाट काली नदी आउँछ। लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ। लिपुलेक भन्ज्याङ (छाङला) ५ हजार ९८ मिटरमा छ। छाङरु र तिङकरको पश्चिमी मोहडामा ॐ हिमाल छ। त्यो विशाल पर्वत कालापानी लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ। यसको बीचमा हिउँले नै ॐ लेखिएको छ।

जहाँबाट एकदमै नजिकै छ विश्वप्रख्यात कैलाश मानसरोवर

भारतले ठूलो सख्यामा अर्ध सैनिक बल राखेको कालापानी भने समथर छ। भारतीय अर्धसैनिक बाह्रै महिना त्यहाँ बस्छन् । भारतीय पक्षले ब्यारेकभन्दा दक्षिणमा नक्कली काली मन्दिर बनाएको छ । उसले बनाएको नक्कली काली मन्दिरबाट उम्रिएको खोल्सोलाई काली नदी भारतले भन्छ। त्यहाँ बंकर छ। हेलिकप्टर बस्ने ठाउँ छ। जाडोमा बस्न सक्ने गरी त्यो ब्यारेक बनाइएको छ। बाँकी तस्विरमा हेर्नुहोस् । आफ्नो स्वर्ग जस्तो भूमि सेयर गर्नुहोस् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु