Global-IME-Bank-१८ पुस काठमाडौं । ग्लोबल आइएमई बैंक आठौा बर्ष पूरा गरी नवौा बर्षमा प्रबेस गरेको छ । स्थापनाको आठ वर्षे दौरनमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको जनाएको छ ।

बैंक हालै मात्र ‘बैंक अफ द इयर २०१४’ अर्वाडबाट सम्मानितसमेत भएको छ ।

२०६३ पुसा १८ गतेबाट संचालनमा आएको ग्लोबल बैंकले २०६९ आसार २५ गते आइएमई फाइनान्स र लर्डबुद्ध फाइनान्सलाई गाभेर ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु गरेको थियो ।

त्यसपश्चात बैंकले सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक र पछिल्लोपटक ‘क’ बर्गको कर्मज एण्ड ट्रष्ट बैंक बैंकसंग सफल मर्जर गरिसकेको छ । बाणिज्य बैंकको इतिहासमा मर्जरको अभ्यास थाल्ने ग्लोबल आइएमई बैंक पहिलो बैंक हो ।

बैंकले विशुद्ध बैंकिङ्ग कारोबार मात्र नभई सामाजिक उत्तरदायीत्व बहनसमेत गर्दै आएको छ । गत बर्ष बैंकले निःसहाय सेवा सदन (बृद्धाश्रम) शान्तिनगरलाई ८ लाख ३२ हजार ५ सय २१ रुपैयाा सहयोग गरेको थियो । यो वर्ष मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट पिडितलाई सहयोग स्वरुप पधानमन्त्री दैविप्रकोप उद्धार कोषलाई आइएमई गुप्रसंगको सहकार्यमा २० लाख रुपैाया प्रदान गरेको थियो ।

बाषिर्कोत्सवको उपलक्ष्यमा बैंकले शुक्रबार कान्तिपथ शाखामा रक्तदान कार्यक्रका आयोजना गरेको छ । वित्तीय साक्षरता जगाउने उद्देयले शनिबार राजधानीसहित राजधानी बाहिरका बिभिन्न सहरहरुमा बचत गरााै भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पूाजी ५ अर्ब १ अर्व रुपैयाा रहेको छ । यस अवधिमा बैंकले ५५ अर्व रुपैयाा निक्षेप संकलन गरी ४७ अर्व रुपैयाा कर्जा प्रवाह गरेको छ ।
८४ शाखा, ८५ एटिएम र ३१ शाखा रहित बैंकिङ्ग सेवामार्फत पााच लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउादै आएको बैंकले जनाएको छ ।

- See more at: http://www.onlinekhabar.com/2015/01/224743/#sthash.BOxFQeTN.dpuf[box][/box]

सम्बन्धित खबरहरु