काठमाडौं । एक कोरोना संक्रमितले देहत्याग गरेको खुल्न आएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा देहत्याग गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति देहत्याग गरेका थिए । विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर रिपोर्ट नआउन्जेल बुधबार दिनभर उनको लाश रुखमै झुण्डिएकै अवस्थामा थियो । उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टिनमा २५ जना रहेका छन् ।

जानकारी अनुसार पीसीआर रिपोर्ट आएपछि साँझ ५ बजेतिर नेपाली सेनाले विकको लाश वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको छ । यसअघि सुर्खेतको क्वारेन्टिनमा देशत्याग गरेकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित खबरहरु