काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न शीर्षकमा रु एक करोड ४६ लाख चार हजार ५४९ खर्च गरेको छ । नगरपालिकाले आज मुर्गियामा आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख चित्रबहादुर कार्कीले राहत सामग्री खरीदमा सबैभन्दा बढी रु ५१ लख ८० हजार ३८९ खर्च भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरस्तरीय क्वारेन्टिनमा खाना, खाजा, औषधिलगायत शीर्षकमा रु ३८ लाख खर्च भएको छ । क्वारेन्टिनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक रु २१ लाख ९७ हजार ८०० र सामुदायिक क्वारेन्टिन निर्माणमा रु ३४ लाख १६ हजार ९२२ खर्च भएको छ । नगरपालिकामा आवासीय मजदूरमार्फत विकासनिर्माणका ६५ प्रतिशत काम भइरहेको पनि उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले किट अभाव हुँदासमेत नगरपालिकाको स्रोत परिचालन गरेर कोभिड– १९ विरुद्धको काम प्रभावकारी ढङ्ले गरिएको जिकिर गर्नुभयोे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सैनामैनामा अहिलेसम्म कोरोना सङ्क्रमित ३४ पुगेका छन् । उनीहरुमध्ये २४ जना सैनामैना – १ स्थित वनकट्टामा रहेको आइसोलेशन सेन्टरमा, चार जना एन्फा एकेडेमी बुटवल, एक कोभिड आइसोलेशन अस्थायी अस्पताल बुटवल, एक होम आइसोलेसन, तीन भीम अस्पताल भैरहवा र एक त्रिवि शिक्षण अस्पताल काठमाडौँमा थिए । काठमाडौँक निको भइ घर फर्किएका छन् । नगरपालिकाले शुक्रबार नीति, कार्यक्रम र बजेट ल्याउँदै छ ।

कञ्चन गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न शीर्षकमा रु ४६ खर्च भएको जनाएको छ । त्यहाँ रहेका पाँच क्वारेन्टिनमा खाना, खाजा, औषधि खर्च, एम्बुलेन्स भाडालगायत शीर्षकमा सो रकम खर्च भएको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले कोरोना सङ्क्रमणका बिरामी लैजान र ल्याउनका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिँदै अब आउन लागेको नीति, कार्यक्रम र बजेटमा समेत कृषि, पशुबाहेक कोरोना भाइरस रोकथामलाई जोड दिइएको उल्लेख गर्नुभयो ।

गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जीवी घिमिरेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु ७५ लाख खर्च भएको जानकारी दिनुभयो । उहाँले क्वारेन्टिनको खाना, खाजा, शय्या, औषधि, एम्बुलेन्स, राहत वितरणलगायत शीर्षकमा सो रकम खर्च भएको बताउनुभयो । सो गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ छ । उनीहरु सबै भारतबाट आएका हुन् ।

शुद्धोधन गाउँपालिकामा कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि रु २० लाख खर्च भएको छ । सो रकममध्ये रु १० लाख राहत वितरणमा खर्च भएको गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँले विकासनिर्माणमा खर्च हुने बजेटसमेत कटौती गरेर कोभिडविरुद्ध खर्च गरिएको तथा जन्मदिन र विवाहमा हुने खर्च क्वारेन्टिनमा लगाइएको जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु