काठमाडौं । अहिले चीन र भारतको तनाव बढ्दै गइरहेको छ । हालै लद्दाखमा भारत–चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोलको गालवान उपत्यकामा २० भारतीय सैनिकले ज्यान गुमाएपछि भारतीयहरु चीनप्रति आक्रोशित भएका छन् । जसका कारण भारतीय जनता चीनप्रति निकै रिसाएका छन् । चीनविरुद्ध भारतमा प्रदर्शन पनि भइरहेको छ ।

चिनियाँ सामान बहिष्कार गर्ने अभियान पनि चलाइएको छ । भारत, बंगालको आसनसोलमा यस्तै एक विरोध प्रदर्शनको क्रममा भाजपा कार्यकर्ताले निकै रोचक गल्ती गरेका छन् । भाजपा कार्यकर्ताले चीनको विरोध गर्नका लागि चिनियाँ राष्ट्रपति शी जिनपिङको पुत्ला जलाएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

तर जस्को पुत्ला दहन हुँदैछ त्यो फोटो कस्को भन्ने पनि उनीहरुलाई जानकारी थिएन् । उनीहरुले जिनपिङको पुत्ला दहन गरे तर उत्तर कोरियाली नेता किम जोंगको नाम पनि आयो । यो भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ । यसमा भाजपा नेताको मज्जाले ट्रोल पनि भइरहेको छ ।

भिडियोमा बंगाल भाजपाका कार्यकर्ता पुत्ला लिएर उभिएका छन् भने एकजनाले क्यामरातर्फ हेर्दै भनेका छन्, ‘हामी चीनको विरोध गरिरहेका छौं । चीनका प्रधानमन्त्री किम जोंगको पुत्ला जलाउँदैछौं । हामी मानिसहरुलाई चिनियाँ उत्पादनको प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्नुहोस् ।’ जस्को विरोध गरिरहेका छन्, उस्कै बारेमा जानकारी नहुनु आफैंमा थप रोचक छ ।

सम्बन्धित खबरहरु