१४ दिन आइसोलेसन बसेका ७ जनालाई बिदाइ गरेपछि फेरि कोरोना संक्रमण


काठमाडौं । वडाध्यक्ष र स्वास्थ्य कार्यालयका प्रमुखले बिदाइ गरेका ७ जनामा कोरोना संक्रमण देखिएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दनका ७ जनामा पुन: संक्रमण देखिएको हो । बिहीबार प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, वडाध्यक्षर स्वास्थ्य कार्यालयका प्रमुखले बिदाइ गरेका ७ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

१४ दिन पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै स्वास्थ्य कार्यालयले घर पठाइएको थियो । दोस्रो पटक स्वाब संकलन गरेर पठाए पनि रिपोर्ट नआउदैँ घर पठाइएको थियो । उनीहरुलाई भारतबाट आएपछि क्‍वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलनका क्रममा पोजिटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले भने, ‘हामीलाई स्पष्ट निर्देशन छ । संक्रमण देखिएकालाई १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएमा घर पठाउन सक्ने, रिपोर्ट कहिले आउने निश्चित भएन, बिहीबार घर पठाइयो तर रिपोर्ट पोजिटिभ आयो ।’

यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका पाल्हीनन्दन गाउँपालिकाका अर्का १ जनामा पोजिटिभ देखिएको छ । क्‍वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजिटिभ आएपछि कन्ट्र्याक ट्रेसिङका क्रममा उनको स्वाब संकलन गरिएको थियो । क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि कन्ट्र्याक ट्रेसिङ गरिएको थियो ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता