काठमाडौं । कालीकोट सदरमुकाममा रहेको आइसोलेशन कक्षमा उपचार गराइरहेका एक महिला र एक पुरुषले कोरोना जितेका छन् । सान्नी त्रिवेणी गाउँपालिका–२ की २० वर्षीया महिला र शुभकालिका गाउँपालिका–५ का २६ वर्षीय पुरुष कोरोनामुक्त भएका हुन् । जिल्लामा यससँगै कोरोना जित्नेको संख्या २७ पुगेको छ ।

त्रिचालीस कोरोना संक्रमितमध्ये कालीकोटमा १७ जनाले कोरोना संक्रमण जितेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो । हाल जिल्लामा तीन महिला र १३ पुरुष कोरोना संक्रमितको जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा उपचार भइरहेको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु