काठमाडौ । वैदेशिक रोजगारीका सिलसिलामा कोरिया र कुवेतमा रहेकामध्ये आज बिहान ४ सय ३८ जना नेपाली स्वदेश आएका छन्। कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेकामध्ये कोरियाबाट २ सय २८ जना नेपाली स्वदेश फर्किएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। कोरियन एयरको चार्टर्ड विमानमार्फत उनीहरु आफ्नै खर्चमा स्वदेश फर्किएका हुन्।

 

 

यस्तै, आजै त्यसै विमानबाट २ सय ३३ जना नेपाली कोरिया गएका छन्। कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भिसा र श्रमस्वीकृति लिएका नेपालीहरू कोरिया गएका हुन्। यस्तै, बिहान कुवेतबाट पनि १ सय ५५ जना नेपाली स्वदेश आएका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार फर्किनेमा सबै महिला रहेका छन्। बंगलादेशको ढाकाबाट १ सय ५५ जना नेपाली आजै स्वदेश आउँदैछन्।

 

 

उनीहरु दिउँसो २ बजेतिर आइपुग्ने प्रवक्ता क्षेत्रीले जानकारी दिए। विदेशबाट २८ सय बढी नेपालीको उद्धार, जुन महिनामा १० हजारलाई ल्याइँदै रोजगारीका लागि विभिन्न देश पुगेका र अहिले कोरोना महामारीले समस्यामा परेकाहरुको दिनहुँ उद्दार भइरहेको छ। आजै मलेशिया र युएईमा रहेका नेपाली पनि स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु