आइसोलेसनबाट भागेका व्यक्तिलाई सरकारले डिस्चार्जको सुचिमा राख्यो


काठमाडौं । नेपालमा महामारीको रुपमा रहेको कोरोनाभाइरसको असर गम्भीर बन्दै गएको छ । धेरै प्रभावित जिल्लाहरुमा रहेको बाँकेमा शुक्रबार डिस्चार्ज भएका ४१ जनाको सूचीमा आइसोलेसनबाट भागेका एक जना संक्रमित पनि रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कुलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताउनुभयो । उनीहरु संक्रमित भएको १५औं दिनमा घर फर्किएका हुन् ।

जानकी गाउँपालिकाका विभिन्न स्कुलमा रहेका उनीहरुलाई पोजिटिभ देखिएपछि जानकी गाउँपालिका–१ जोगागाउको नेरामाविको आइसोलेसनमा राखिएको थियो । उक्त आइसोलेसनबाट दुई हप्ताअघि एक जना फरार भएका थिए । उनी अहिलेसम्म भेटिएका छैनन् । प्रहरीले भारत गएको बताएको छ । ती व्यक्तिलाई पनि डिस्चार्ज हुनेको सूचीमा राखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

१४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका व्यक्तिलाई रिचेक नगरी पठाउने स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार यिनीहरुलाई पनि घर पठाइएको हो । १४ दिन आइसोलेसनमा बसेपछि स्वतस् घर पठाउने नीतिका कारण बाँकेका आइसोलेसन सेन्टरहरु धमाधम खाली भइरहेका छन् । जिल्लामा १४ वटा आइसोलेसन सेन्टर बनाइएकोमा अहिले ५ वटा खाली भइसकेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई तीव्र गतिमा पीसीआर परीक्षण भने हुन सकेको छैन ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता