काठमाडौं । समाजसेवी एवं शिक्षासेवी अंगुरबाबा जोशीको निधन भएको छ । प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको जनाइएको छ ।

नेपालको छात्रा शिक्षामा जोशीको महत्वपूर्ण योगदान रहेको छ । उहाँकैँ अगुवाईमा काठमाडौंमा पद्म कन्या (पीके) क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गर्नुभएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीले कलिलै उमेरमा वैज्ञानिक बलराम जोशीसँग विवाह गर्नु भएको थियो ।

त्यसपछि शिक्षाआर्जन गर्नु भएको थियो । २००७ सालमा एसएलसी उत्तीर्ण गर्नुभएकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गर्नु भएको थियो ।

जोशीले बेलायतबाट ब्यारिस्टर (कानुनमा अधिवक्ता) बन्ने पहिलो महिला हुनुहुन्थ्यो । साथै क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला पनि जोशी नै हुनुहुन्थ्यो । जोशीका दुई छोरी प्रभा र ज्योति, एक छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन् ।

सम्बन्धित खबरहरु