काठमाडौ । बलिउड अभिनेता सुशान्त राजपुतको निधन पछि भारतमा अहिले निकै हलचल मच्चिएको छ । उनका फ्यानहरु पनि निकै चिन्तित भएका छन् । फ्यानहरुले उनको निधन सहन गर्न सकेका छैनन् । एक जना फ्यानले उनको निधनको खबरसंगै आफुले पनि देहत्याग गरेका छन् । त्यो खबर सेलाउन नपाउँदै फेरी अर्की एक युवतीले पनि देहत्याग गरेकी छन् । देहत्याग गर्ने २० वर्षकी युवती रहेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।

 

 

आफ्नी भाउजुलाई म सुशान्त जस्तै निर्णय गर्दैछु भन्दै ति युवतीले घटना हुनु अघि सुनाएकी थिइन् । तर परिवारका सदस्यले उनको त्यो कुरालाई विश्वास गरेनन् । नभन्दै ति युवतीले त्यस्तो निर्णय गरेपछि परिवार शोकमा डुवेको छ । नन्दले त्यसो भनेपछि भाउजुले उनको कुरा विश्वास नगरेर दाई र आमालाई तिमीले यस्तो कुरा गरेको भनिदिन्छु, तिमी आजकल धेरै बोल्न थालेकी छौं भनेर हप्काएकी थिइन् । युवतीका भाईले घटना पछि प्रहरी समक्ष दिएको बयानमा यस्तो भनेका छन् ।

 

भाउजुले गाली गरेपछि युवतीले पनि आफूले ठट्टा मात्र गरिरहेको भन्दै उनी हाँसेर त्यहाँबाट गएकी थिइन् ।’ तर परिवारका सदस्य आफ्नो काममा ब्यस्त भएको मौका पारेर उनले देहत्याग गरेको समाचारमा जनाइएको छ । उनले घरको छतमा गएर पा सो लगाएकी थिइन् । यस्तै बुधबार पनि सुशान्तको निधनको खबरले दुःखी बनेका एक बालकले यस्तै निर्णय गरेको समाचार प्रकाशन भएको थियो । उनले त्यस्तो निर्णय गर्नु अघि नोट पनि छोडेका थिए । जसमा सुशान्तले यस्तो निर्णय गर्न हुन्छ भने मैले किन हुँदैन भनेर लेखेका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु